साप्ताहिक संवाददाता
वैशाख १४, २०७५
तपाईंलाई नम्रता श्रेष्ठको चरित्रका बारे के थाहा छ ? हामीले उनको व्यक्तिगत कुरा गर्न खोजेका होइनौं । हामी हाल छायांकन भैरहेको चलचित्र ‘जायरा’ तथा वैशाखको अन्तिमतिर फ्लोरमा जाने चलचित्र ‘प्रसाद’ मा नम्रताले निर्वाह गर्ने चरित्रका बारेमा कुरा गर्दैछौं ।
यी सुन्दर अभिनेत्री ‘पर्व’ पछि अन्य कुनै चलचित्रमा देखिएकी छैनन् । नम्रताले जायरामा बक्सरको भूमिका निर्वाह गरिरहेकी छिन् भने दिनेश राउतको प्रसादमा निसन्तान महिलाको भूमिका । हालै पत्रकारसँग भएको साक्षात्कारमा नम्रतासँग सोधिएको थियो, ‘एकैपटक दुईवटा चलचित्रमा काम गर्दा असहज हँुदैन ?’ नम्रताले भनेकी छिन्, ‘मैले एकैपटक दुईवटा चलचित्रमा काम गर्न लागेकी होइन, जायराको छायांकन सकेपछि मात्र प्रसादमा काम गर्नेछु । यसले मलाई कुनै पनि रूपमा असहज बनाउने छैन ।’