साप्ताहिक संवाददाता
वैशाख १६, २०७५
एसिया मोडल फेस्टिभल फेस अफ नेपाल शीर्षकको फेसन तथा मोडलिङसम्बन्धी कार्यक्रममा विक्रम आदित्य महासेठ तथा पूजा श्रेष्ठ फेस अफ नेपाल–२०१८ घोषित भएका छन् । विक्रम यसअघि मोडल हन्ट नेपाल सीजन थ्रीका विजेता हुन् भने पूजा मिस सुप्रानेसनल २०१६ का विजेता हुन् ।
कोरिया मोडल एसोसिएसनको सहकार्यमा पूणे फेसन विकले आयोजना गर्दै आएको यो कार्यक्रमअन्तर्गत नेपाली मोडलहरूले अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्राप्त गर्छन् ।
विक्रम र पूजा वैशाख २५ गते बुधबारदेखि दक्षिण कोरियामा सञ्चालन भैरहेको एसियन मोडल फेस्टिभलमा सहभागी छन् ।