साप्ताहिक संवाददाता
आगामी जेठ १८ गतेबाट अल नेपाल तयारीको प्रचारमा छ चलचित्र ‘भैरे’ । चलचित्र रिलिज मिति नजिकिदै गर्दा चलचित्र प्रचारलाई पनि तिब्र बनाईएको छ । चलचित्र प्रचारकै क्रममा यसै साता २ पोस्टर सार्वजनिक गरिएको छ ।
पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू दयाहाङ्ग राई, सुरक्षा पन्त, बुद्धि तामाङ्ग, वर्षा सिवाकोटी, बिक्रान्त बस्नेत र अनुभव रेग्मीलाई समावेश गरिएको छ ।
एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको यो चलचित्रमा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारीले सयुक्त रुपमा लगानी गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’का सम्पूर्ण दृश्य खिचेका छन् ।
करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत चलचित्रका सह–निर्माता हुन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, दयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरूले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।