वैशाख १८, २०७५
प्रियंका चोपडा र अनुष्का शर्माले चलचित्र निर्माण गरिसकेका छन् । प्रियंका भारतका विभिन्न भाषाका चलचित्रमा समेत सक्रिय छिन् । अनुष्का शर्माले एनएज–१०, फिल्लौरी तथा परीजस्ता चलचित्र बनाइसकेकी छिन् ।
यसबीच दीपिका पादुकोणले पनि चलचित्र निर्माणमा लाग्न संकेत दिएकी छिन् । स्रोतका अनुसार दीपिका चाँडै आफ्नो प्रोडक्सन हाउस खोल्ने तयारीमा छिन् । हालै एक अन्तर्वार्तामा आफ्नो व्यक्तित्व चलचित्र निर्माणका लागि धेरै राम्रो भएको कुरा बताएकी छिन् ।
हरेक काम राम्रोसँग गर्ने सक्छु, व्यवस्थित छु र जीवनमा थप केही गर्न सक्छु, दीपिकाले भनेकी छिन्— पैसा कमाउन निर्माता बन्न लागेकी होइन, यो क्षेत्रमा केही नयाँ गर्ने सोच छ ।