साप्ताहिक संवाददाता
वैशाख १९, २०७५
पूर्णीमा लामाले निर्माण गरेको चलचित्र हिरोज यहि बैशाख २८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । एक्शन, लभ, कमेडी तथा सम्वेदनाले भरिएको यो चलचित्र गत चैतमा नै प्रदर्शन हुने भनिएको थियो ।
एनवी महर्जनको निर्देशनमा बनेको चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णीमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
लक्ष्मी लामाको प्रस्तुत रहेको चलचित्रमा शेखर लामा, युवराज लामा र संजोग राणाले लगानी गरेका छन् ।