क्यान्सर रोगको उपचार गर्ने क्रममै आफ्नो शरीर परिवर्तन गर्ने सोच बनाएकी एक युवती अहिले जीवित बार्बी डलमा परिणत भएकी छिन् । ३४ वर्षीया केथी रोसलाई दुई वर्षअघि क्यान्सर भएको थियो । क्यान्सर रोगलाई जित्दै जाने क्रममा उनले आफ्नो शरीरलाई परिवर्तन गर्ने सोच बनाइन् ।
क्यान्सर रोगको खर्चिलो उपचारबीच शरीरलाई परिवर्तन गर्नु अर्को खर्चिलो कार्य थियो । यद्यपि पहिल्यैदेखि वयस्क धनाढ्य प्रेमी (सुगर ड्याडी) सँग बस्दै आएकी केथीको सपना तिनै प्रेमीले पूरा गरी दिएका हुन् ।
केथीले आफूलाई जीवित बार्बी डल बनाउन ओठ, स्तन र पुठ्ठाको शल्यक्रिया गराइन् भने त्यसका लागि करिब साढे ४१ लाख रुपैयाँ खर्च भयो । उक्त रकम उनका सुगर ड्याडीले तिरेपछि उनी जीवित बार्बी भइन् । उनले ओठ, स्तन र पुठ्ठामा ल्याएको परिवर्तनप्रति उनका सुगर ड्याडी मोहित छन् भने केथी पनि आफ्नो ग्ल्यामर बढेकोमा थप आत्मविश्वासी भएकी छिन् ।