वैशाख २५ गते : विश्व रेडक्रस दिवस
वैशाख २६ गते : कानुन दिवस ।
मेष
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । साथीसङ्गीहरूसँगको भ्रमण, खानपान एवं फेसनमा राम्रै धन खर्च गर्नुपर्ने हुन सक्छ । योजना कार्यान्यनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । विदेश यात्राको साइत जुर्ने सम्भावना छ । पूर्वतर्फको यात्रा फलदायी हुने देखिन्छ ।
वृष
मित्रहरूको सहयोगबाट हौसला प्राप्त हुनेछ । मन पर्ने उपहार हात लाग्ने सम्भावना छ । आफूमा अन्तर्निहित भएका क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ । अभिभावकहरूबाट प्राप्त सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुर्याउनेछ । असहज परिस्थतिबाट उम्कन अपेक्षाभन्दा बढी खर्च होला ।
मिथुन
आफूले लगाएको पहिरनको प्रशंसा हुनेछ । आफ्नो क्षमताबाट जवाफदेही कार्य सम्पन्न गरी नयाँ उचाइमा पुगिनेछ । काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । मेहनत गरे स्वदेशमै अवसर हात पर्ने सम्भावना छ । खानपानको फेरबदल हुँदा स्वास्थमा ध्यान दिनुहोला ।
कर्कट
प्रलोभन देखाउनेहरूबाट टाढै रहँदै प्रतिष्ठा जोगाउने चेष्टा गनुहोला । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । साथीभाइसँग लामो यात्रा गर्दा खर्चको भार आफूमा पर्नेछ । छोटो समयमै विशेष उपलब्धि हासिल गर्न सकिनेछ । राति अबेरसम्मको मनोरन्जनले स्वास्थ बाधा सिर्जना गर्नेछ ।
सिंह
योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । नगद सापटी लिएका साथीहरूले समयमा वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । बल मिच्याइँ गरे काम बिग्रने सम्भावना छ । मेहनत गर्न सके काम सम्पन्न हुनेछ । विदेश जाने प्रक्रिया अधि बढाउँदा बढी खर्च भए पनि सफलता हात लाग्नेछ ।
कन्या
गुप्त शत्रुले छवि बिगार्ने षड्यन्त्र गरे पनि अभिभावकको सुझाव अवलम्बन गर्दा उनीहरूलाई परास्त गर्न सकिनेछ । आर्थिक हैरानीबाट उम्कन प्रेमिकाले सहयोग गर्नेछिन् । अध्ययनका निम्ति विदेश जाने अवसर प्राप्त हुन सक्छ । बुधबार र बिहीबार सतर्कतापूर्वक कार्य गर्नुहोला । स्वास्थ्यको पनि ख्याल गर्नुपर्नेछ ।
तुला
लामो समयदेखि रोकिएका कार्यले पुन: निरन्तरता पाउने सम्भावना छ । महँगा सामग्री खरिद गर्दा होस पुर्याउनुपर्नेछ । अध्ययन तथा रोजगारीका सिलसिलामा विदेश यात्रासमेत होला । घरायसी चटारोले सताउन सक्छ । यात्राको सिलसिलामा महत्वपूर्ण सामग्री छुट्न सक्छ ।
वृश्चिक
तपाईंको निर्णय क्षमताले नै विभिन्न अवसरको ढोका खोल्न सक्छ । हतार र आवेशमा गरिएका कार्यले उल्टो परिणाम दिनेछ, धैर्यतामा जोड दिनुहोला । इष्टमित्रबाट प्राप्त सुझाव फलदायी रहनेछन् । अचानक प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । गुलाबी रंगको प्रभावले धेरै काममा सफलता हात पार्न सकिनेछ ।
धनु
विभिन्न सभा सम्मेलनको सहभागिताले आकर्षक जिम्मेवारी दिलाउने सम्भावना छ, जसले आफूलाई विशेष फाइदा पुग्नेछ । प्रेमिकाको मनमा दुविधा उत्पन्न सक्छ, उनको भावना बुझ्ने प्रयत्न गर्नुहोला । व्यवसायमा नयाँ मित्रको आगमनले आर्थिक समस्या टरेर जानेछ । साताको अन्त्यमा पारिवारिक भेटघाटमा रमाइनेछ ।
मकर
परिणाममुखी कार्य सम्पन्न गर्न अझै केही समय कुर्नुपर्ने हुन्छ । पहेंलो रंगको प्रयोगले विशेष फाइदा दिलाउनेछ । परिस्थिति विचार गरी भावना मिल्ने साथीहरूसँग लगानी गर्न ढिला नगर्नुहोला । अचानक प्रेम प्रस्ताव प्राप्त हुन सक्छ, पारिवारिक सुझाव अनुरुप निर्णय लिनु उपयुक्त हुन्छ ।
कुम्भ
पारिवारका ज्येष्ठ सदस्यको सुझावबाट समस्या पहिचान एवं त्यसको निराकरण गर्न सकिनेछ । मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । जतिसुकै सहयोग गरे पनि आफन्तहरूले तपार्इंको आलोचना गर्न छाडेका छैनन् । विपक्षीहरू प्रतिष्ठामा ठेस पुर्याउन सलबलाउनेछन् । केही समय रोकिएर र्धैयता पूर्वक कार्य गरे उचाइमा पुग्न सहज हुनेछ ।
मीन
आम्दानीका राम्रै स्रोत हात लागे पनि खर्चको क्रम रोक्न सकिनेछैन । पारिवारिक मन्तान्तरका बाबजुद तपार्इंको व्यवसायिक विचार नै अनुमोदन हुनेछ । साथीहरूको सुझावबाट रोजगारीका मार्गहरू पहिल्याउन सकिनेछ । सूर्यको आराधनाले काम सम्पन्न गर्न सहज बनाउनेछ । राति यात्रा गर्दा सावधानी अपनाउनुहोला ।