साप्ताहिक संवाददाता
वैशाख २१, २०७५
याकी ब्वाइको क्रेज अहिले सामाजिक सञ्जालमा बढ्दै गएको छ । उनको क्रेज बढ्नुको मुख्य कारण उनको शरीरभरि रहेको टाटु र भीमकाय शरीर नै हो । याकी ब्वाइ उनले आफैंले राखेको नाम हो ।
उनी सामाजिक सञ्जालमा मुस्लिम सिपाहीका रूपमा लोकप्रिय छन् । उनी आफूलाई मुस्लिम सिया सिपाही भन्छन् ।
उनको शरीर र संगतकै कारण अस्ट्रेलियाको प्रहरीले उनी कुनै ठूलो आपराधिक समूहका सदस्य हुन् कि भनेर शंकासमेत गरिरहेको छ । किनभने उनका केही घनिष्ठ साथी भूमिगत आपराधिक समूहमा सक्रिय छन् ।
उनले आफूलाई बेला–बेलामा एके–४७ बन्दुक तथा अन्य हतियार बोकेको तस्बिरलाई सामाजिक सञ्जालमा अपलोड गर्ने उनी माथिको शंका बढेको हो । यद्यपि याकी आफ्नो परिवारसँग बस्छन् र केही तस्बिरमा उनले आफुलाई परिवारिक रूपमा समेत प्रस्तुत गरेका छन् ।