वैशाख २१, २०७५
सधैं मुस्कुराइरहने रेजिना क्षेत्री मिजासिली छिन् । कमल–६, झापाकी रेजिना मोडर्न, कल्चरल, आइटम तथा क्लासिकल नृत्यमा पारंगत मानिन्छिन् । झापा प्याप्सनले आयोजना गरेको नृत्य प्रतियोगितामा प्रथम भैसकेकी रेजिना मोडल सविता कार्कीबाट प्रभावित छिन् ।
कलाकारिताका अतिरिक्त उनी फेसन डिजाइनकी पनि सौखिन हुन् । भविष्यमा एयर होस्टेस बन्ने ध्याउन्नमा रहेकी रेजिना अभिनेत्री आँचल शर्मा तथा अभिनेता अनमोल केसीकी प्रशंसक हुन् । अध्ययन र कलाकारितालाई सँगसँगै अघि बढाइरहेकी रेजिनाले भनिन्– केही म्युजिक भिडियोमा काम गर्दैछु ।