साप्ताहिक संवाददाता
आँखाले नै बलात्कार गर्छन् । जिस्क्याउने पनि सीमा तोक्नुपर्छ अब, नत्र केटाहरूलाई जोइला भगाउन के बेर ?
हेन्डसम म
मैले हिजो मात्र भोगेको छु । बाटोमा हिंड्दै थिएँ । एउटीले चुइगम पड्काई, फर्केर हेरेको आँखा पनि मारी ।
ठूले
खै हाम्लाई के थाहा ? यो कुरा रूप हुनेहरूसँग सोध्नुहोस् अनि जसले जिस्क्याउँछन् उनीहरूले पनि भन्न सक्छन् ।
लाटो
जिस्क्याउँछन् ।
टाइटन सुमन
आँट हुनुपर्यो नि ।
बिमल
जिस्क्याउँछन्, दुई–तीन जना केटी मात्र भए फुसुर–फुसुर गरेर ।
पंकज
जिस्क्याउने मात्र होइन, उग्रै बबाल मच्चाउँछन् हजुर ।
मनोज लम्साल
धेरै सभ्य हुन्छन्, केहीले अलि–अलि जिस्क्याउँछन् ।
पीयूष कान्छो
जिस्क्याउँछन् । कलेज तथा सपिङ मलतिर चुइगम पड्काउँदै हेन्डसम केटाहरूलाई जिस्क्याइन्छ । त्यसैले आजकाल म अति आवश्यक काम नपरी घरबाहिर निस्कन्नँ ।
तिखे
मलाई त उधुमै जिस्क्याउँछन्, तर भन्नु भएन ।
समय
एक्ला–एक्लै चैं विरलै जिस्क्याउँछन् । केटीहरूको ग्याङ भयो भने चैं उग्र जिस्क्याउँछन् । अझ भनौं केटाहरूको तुलनामा बढी नै जिस्क्याउँछन् ।
निर्मल भण्डारी
कति जिस्क्याउँछन् चाहिं थाहा भएन । तैपनि हामी केटाहरू के चाहन्छौं भने केटा जिस्क्याउने मामिलामा महिलाहरूको समान सहभागिता होस् ।
सरकार
पुरानो जमाना फेरिइसक्यो, आजकाल त केटाले भन्दा केटीले चैं केटा जिस्क्याएर हैरान बनाउँछन् ।
बिनोद
एकपटक म पानीपुरी खान गएको थिएँ । केटीहरूले मलाई अक्क न बक्क पारे । मिस्टर ह्यान्डसम, लभ गर्ने हो ? एउटीले सोधी । अरू सबै हाँसे । मेरो अनुहार लाजले रातो भयो । हिजोआजका केटीहरू फ्लर्ट गर्न सिपालु छन् ।
विक्रम कवि जी
साँझ–बिहान टोल–छिमेकमा त हिंड्नै हुँदैन । छतबाट सुन्ने गरी जिस्क्याएर र कागजको टुक्राले हानेर उल्कै गर्छन् । छततिर हेर्दा अनुहार देखिन्छ भनेर लुक्न खोज्छन् ।
ब्याड ब्वाय
सबै हामीजस्ता सोझा हुँदैनन् है ।
ज्योति
मैले अहिलेसम्म त्यस्ती केटी फेला परेको छैन ।
कैलाश भट्टराई
बुढो भइएछ हजुर ! जिस्क्याउन छाडे ।
गौंडाखर्के
अरु केहीदेखि डर लाग्दैन, तर केटीहरूदेखि डर लाग्छ । बाँकी मिलाएर बुझ्नुहोस्, जिस्काउँछन् कि जिस्काउँदैनन् ?
बाबा रामेश
यो त एकछिन टाइमलाइन चहार्यो भने छर्लङ्ग भैहाल्छ नि हजुर †
सुजन पौडेल
हदभन्दा बढी ।
प्रभात मल्ल
कुरै नगरौं हजुर !
दार्ही भाइ