गर्मीका कारण शरीरमा पानीको कमी भए काँक्रोखाँदा पानीको आपूर्ति हुन्छ ।
काँक्रोखाँदा कब्जियत हट्नुका साथै जन्डिसको रोगीलाई पनि फाइदा मिल्छ ।
यसले शरीर पोल्ने समस्या कम गर्छ ।
पत्थरीको समस्या हुनेहरूका लागि काँक्रोको जुस (रस) उपयोगी हुन्छ ।
नियमित काँक्रोको प्रयोगले युरिक एसिड सन्तुलित रहन्छ ।
काँक्रो मधुमेह तथा उच्च रक्तचापका रोगीका लागि पनि फाइदाजनक हुन्छ ।
काँक्रोबाट कोलेस्ट्रोल पनि नियन्त्रित हुन्छ ।
काँक्रो तथा कागतीको रस मिसाएर लगाउँदा छाला तथा अनुहार सफा एवं सुन्दर देखिन्छ ।
जोर्नीको पीडा हुनेहरूले काँक्रो एवं गाजरको रस मिसाएर पिउँदा फाइदा मिल्छ ।
काँक्रोमा भिटामिन ए, बी–१, बी–६, डी, पोटासियम, फोस्फरस, आइरन आदि पाइन्छ ।
योग प्रशिक्षक,
पतञ्जली योग समिति