साप्ताहिक संवाददाता
वैशाख २४, २०७५
तेक्वान्दोलाई दक्षिण कोरियाको संस्कृतिसँग जोडिएको खेल मानिन्छ, तर यो खेलको आधिकारिक कीर्तिमान ‘गिनेज बुक अफ वल्र्ड रेकर्ड्स’ भने भारतको हैदरावादको नाममा थियो ।
हैदरावादमा सन् २०१६ मा १ हजार १ सय ५२ जनाले एकैपटक तेक्वान्दोको प्रदर्शन गरेर सर्वाधिक व्यक्तिले तेक्वान्दो प्रदर्शन गरेको कीर्तिमान कायम गरेका थिए ।
हालै दक्षिण कोरियाको राजधानी सियोलमा उक्त कीर्तिमानलाई ८ हजार व्यक्तिले एकसाथ तेक्वान्दो कला प्रदर्शन गरेर भंग गरेका छन् ।