वैशाख २५, २०७५
सुपरस्टार सलमान खान आफ्नो चलचित्र रेस–३ को छायांकनको अन्तिम तयारीमा छन् । सलमानले उक्त प्रोजेक्टको काम सकेलगत्तै अन्य केही काम सुरु गर्न चाहेका छन् । हालै मात्र सलमान खान सुटुक्क जम्मु काश्मिर पुगेका थिए, जहाँ उनले मुख्यमन्त्री मेहबुबा मुफ्तीलाई भेटेको तस्बिर सामाजिक सन्जालहरूमा भाइरल भएको छ ।
खबर अनुसार रेस–३ मा समावेश केही गीत र दृश्य खिच्न बाँकी छ, जुन जम्मु काश्मिर दुई दिन लगाएर खिचिनेछ । सलमान आफ्ना अंगरक्षक शेरा र चलचित्रका प्रोड्युसर रमेश तौरानीका साथ मुख्यमन्त्रीलाई भेट्न पुगेका थिए ।
मुख्यमन्त्रीले सलमानलाई चलचित्रको सफलताका लागि शुभकामना समेत दिएकी थिइन् । रेस–३ मा ज्याकलिन फर्नाडिज, अनिल कपुर, बाबी देओल आदिले समेत अभिनय गरेका छन् । चलचित्र रेस–३ यो वर्षको इदमा प्रदर्शनमा आउँदैछ ।