वैशाख २५, २०७५
अमेरिकी राष्ट्रपति निर्वाचनमा रूसको गुप्तचर निकायले फेसबुकमार्फत ट्रम्पको पक्षमा जनमत तयार गरेको विवाद सेलाउन नपाउँदै अहिले भिडियो सामाजिक सञ्जाल युट्युब समेत विवादमा तानिएको छ ।
साइबर विशेषज्ञहरू रसिया टुडेको निर्देशनमा निर्माण भएका भिडियोहरू अहिले लाखौं व्यक्तिले युट्युब तथा फेसबुकमार्फत हेरिरहेका छन् । प्रस्ट अंग्रेजी बोल्ने प्रस्तोतालाई उद्घोषण गराएर तयार पारिएको उक्त भिडियो रूसबाट निर्माण भएको भनेर कसैले अनुमानसमेत गर्दैनन् ।
उक्त भिडियो रिपोर्टमा पछिल्लो पटक सिरियामा भएको आक्रमणमा बेलायत र अमेरिकाले गरेको विध्वंस देखाइएको छ । यो भिडियोको विषयमा युट्युबले अझसम्म कुनै प्रतिक्रिया दिएको छैन ।