साप्ताहिक संवाददाता
पछिल्लो समय चल्तिका अभिनेता हुन् – प्रदीप खड्का । उनी अब शिक्षा क्षेत्रसँग आबद्ध भएका छन् । अभिनेता खड्का मोटो पारिश्रमिक लिएर एउटा कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डर भएका छन् ।
नयाँ बानेश्वर स्थित ‘ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सी’का लागि अभिनेता प्रदीप ब्रान्ड एम्बेस्डरको रुपमा चयन भएका हुन् ।
एक समारोहबीच पूर्व युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीको आतिथ्यमा प्रदीप ब्राडफोर्डका लागि नियुक्त भएका हुन् । अभिनेता प्रदीप खड्का र बोर्डफोर्डका प्रबन्ध निर्देशक पवन बिष्टले संयुक्त हस्ताक्षर गर्दै प्रदीप सो कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डरमा आबद्ध भएका हुन् ।
पारिश्रमिकबारे खुलासा नगरेपनि उनले चलचित्रको भन्दा राम्रो पारिश्रमिक शिक्षा क्षेत्रमा पाएको जिकिर गर्दै भने,‘नेपालीहरु जुन देशमा गएर भएपनि शिक्षित र दक्ष बन्नुपर्छ भन्ने उदेश्य मेरो पनि भएकाले सोही उदेश्य अनुरुप एब्रोड एजुकेशनका लागि म ब्राडफोर्डमा एक वर्षका लागि आबद्ध भएको छु ।
यो एक वर्ष शिक्षा क्षेत्रमा पुरा समय दिएर ब्राडफोर्ड मार्फत म धेरै भन्दा धेरै नेपालीलाई अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न देशबाट उच्चशिक्षाको डिग्रीका लागि सारथी बन्नेछु ।’ बिदेशमा डिग्री हाँसिल गरेर बिदेशमै बसे पनि नेपालीहरुले नेपालकै लागि काम गर्नु पर्छ भन्नेमा आफुले जोड दिने पनि उनले बताए ।