साप्ताहिक संवाददाता
वैशाख २६, २०७५
गर्मीमा पसिना बढी आउने भएकाले डिहाइड्रेसन हुनसक्छ, त्यसका लागि झोल कुरा प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।
गर्मीमा शरीर डिहाइड्रेसन हुन नदिन तथा फुर्तीका लागि जुस, मोही, दही, लस्सी वा कागती पानी पिउन सकिन्छ ।
यो मौसममा चिया, कफीका अतिरिक्त ग्रिन टी पिउनु उपयोगी हुन्छ ।
गाजर, काँक्रा, तरबुजा, मेवा आँप खानु पनि स्वास्थ्यका दृष्टिले फाइदाजनक छ । यी फलफूलले शरीरमा शीतलता प्रंदान गर्छन् ।
बिहान केरा खाँदा तौल बढ्दैन, केराबाट प्रशस्त मात्रामा पोटासियम तथा आइरन प्राप्त हुन्छ ।
दिउँसो फलफूल, सलाद तथा जुस खान सकिन्छ । राति पनि हल्का खाना खानुपर्छ । खाना खाएपछि केही समय यताउता हिँडडुल गर्नु उपयुक्त हुन्छ ।