साप्ताहिक संवाददाता
वैशाख २८, २०७५
निर्देशक : एनबी महर्जन कलाकार : करिश्मा मानन्धर, मुकेश ढकाल आदि
संगीत : टंक बुढाथोकी तथा विकास चौधरी ।
चलचित्र हिरोज आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । एक्सन, लभ, कमेडी तथा संवेदनाले भरिएको यो चलचित्र यसअघि चैत २३ मा प्रदर्शन हुने तयारीमा थियो, तर प्राविधिक कारण देखाउँदै अन्तिम समयमा प्रदर्शन स्थगित गरिएको थियो ।
यो चलचित्रमार्फत लामो समयपछि अभिनेत्री करिश्मा मानन्धर चलचित्रमा पुनरागमन गर्दैछिन् । जय लक्ष्मी फिल्म्सको ब्यानरमा निर्मित चलचित्र हिरोज राजनीतिक विकृति, बेरोजगारी, चेलिबेटी बेचबिखचन तथा सडक बालबालिकाको विषयमा आधारित भएको बताइन्छ ।
चलचित्रको छायांकन काठमाडौं तथा बाहिरी जिल्लामा पनि गरिएको छ । जयलक्ष्मी फिल्म्सको ब्यानरमा निर्मित यो चलचित्रको ट्ेरलरको धेरैले प्रशंसा गरेका छन् ।