साप्ताहिक संवाददाता
वैशाख २९, २०७५
अन्तर्राष्ट्रिय समलिङ्गी, दुईलिङ्गी तथा अन्तरलिङ्गी घृणाविरुद्धको दिवस (मे १७) का अवसरमा यौनिक तथा अल्पसंख्यकहरूको विषयमा केन्द्रित नाटक जिउँदो आकाश मञ्चन हुने भएको छ ।
यो नाटक नेपालमा धेरै पटक मञ्चन भै अन्तर्राष्ट्रिय ओलम्पिक थिएटरमा सहभागीसमेत भैसकेको छ । नाटक जिउँदो आकाशको मञ्चन कालिकास्थानस्थित सर्वनाम थिएटरमा वैशाख ३१ तथा जेठ १ गते साँझ ५ बजे हुने कुरा बताइएको छ ।