अमिताभ बच्चन सकेसम्म बलिउड सेलिब्रेटीहरूलाई जन्मदिन तथा अन्य विशेष अवसरमा शुभकामना दिइरहन्छन् । सामाजिक सञ्जालमा शुभकामना दिनेमा बच्चन नै सबैभन्दा अगाडि छन् । हालै उनले अभिनेत्री अनुष्का शर्माको जन्मदिनका अवसरमा शुभकामना दिए, तर अचम्मको कुरा जन्मदिनको शुभकामना दिने यी महानायकले गरेको एसएमएसमा अनुष्काले कुनै प्रतिक्रिया जनाइनन् ।
अनुष्काले आफ्नो शुभकामनामा धन्यवादसमेत नदिएकोमा अमिताभले दु:ख व्यक्त गरे । यही विषयमा अमिताभले ट्विटरमा दु:ख पोख्दै भने– अनुष्का, म अमिताभ वच्चन हुँ, मैले तिमीलाई मे १ मा एसएमएस गरी शुभकामना दिएको थिएँ, तर त्यसको जवाफ आएन । मैले बुझ्न खोजें, नम्बर बदलिएको रहेछ । दोस्रो पटक बधाई, माया अनि शुभकामना । सम्भवत: त्यो रात तिमी आईपिएल हेरेर रमाइरहेकी थियौ ।
अनुष्काले त्यसको जवाफ ट्विटरवाटै दिएकी छिन् । उनले भनेकी छिन्– मेरो जन्मदिनका अवसरमा शुभकामना दिनुभएकोमा धन्यवाद सर, तपाईंको म्यासेजलाई यही ट्विटरवाटै रेस्पोन्स गरेकी छु । अमिताभलाई कहिलेकाही अनुष्काले जस्तै कतिपय सेलिब्रेटीले रेस्पोन्स नगरेको खबर भारतीय मिडियामा बेला–बेलामा आउँछ, तर यी चर्चित कलाकार कुनै दम्भ नराखी जो–सुकै कलाकारला ई शुभकामना दिइरहेका हुन्छन् ।