साप्ताहिक संवाददाता
आइसक्रिमको क्षेत्रमा बेस्किन एन्ड रोबिन्सको लामै इतिहास छ । सन् १९४५ मा बर्ट बेस्किन तथा इर्भ रोबिन्सले क्यालिफोर्नियामा यसको सुरुवात गरेका हुन् ।
खुलेको तीन वर्षपछि ६ वटा अन्य स्टोर खुले । १ हजार ३ सय फ्लेबरका आइसक्रिम उपलब्ध गराउने अन्तर्राष्ट्रिय ब्रान्ड बेस्किन एन्ड रोबिन्सका काठमाडौं उपत्यकामा मात्र आधा दर्जन शाखा छन् ।
दरबारमार्गस्थित शेर्पा मल तथा लाजिम्पाट यसका सर्वाधिक चहलपहल हुने आउटलेट हुन् । बेस्किन एन्ड रोबिन्समा उपलब्ध केही प्रमुख आइसक्रिम :
वल्र्ड क्लास चकलेट
मूल्य : १ सय ४५ रुपैयाँ
मिसिसिपी मर्ट
मूल्य : १ सय २५ रुपैयाँ
मल्टेड चकलेट फज्
मूल्य : १ सय ४५ रुपैयाँ
अल्मोन्ड प्रलायन इन्ड आइस क्रिम
मूल्य : १ सय २५ रुपैयाँ
मिन्ट चकलेट चिप्स
मूल्य : १ सय ४५ रुपैयाँ (प्रिमियम)
कटन क्यान्डी
मूल्य : १ सय ४५ रुपैयाँ (प्रिमियम), १ सय २५ रुपैयाँ (रेगुलर)
सन्डेई
मूल्य : २ सय २५ रुपैयाँ (प्रिप्याक)
चोको बार
मूल्य : १ सय ६५ रुपैयाँ
कोन
मूल्य : ४ सय ७० रुपैयाँ (रेगुलर)
५ सय ३५ (प्रिमियम)
८ सय १० रुपैयाँ (१ लिटर)
फ्लोट
मूल्य : २ सय १५ रुपैयाँ