साप्ताहिक संवाददाता
जेष्ठ १, २०७५
मार्क विलियमले हालै सम्पन्न स्नुकरको वल्र्ड च्याम्पियनसिपमा जोन हिगिन्सलाई पराजित गरेर उपाधि हात पारे । १५ वर्षपछि तेस्रो पटक च्याम्पियन भएका मार्क उक्त प्रतियोगिता जित्ने सर्वाधिक बढी उमेरका खेलाडी पनि हुन् । जितको खुसीयालीमा उनले साथीहरूसँग मिलेर मदिरा पिउने निधो गरे । मदिरा पिउने क्रममा उनी लगातार ट्विट पनि गरिरहेका थिए ।
केही ट्विटमा उनले सूर्योदय नभएसम्म आफूले पिउन नछोड्ने कुरा उल्लेख गरे । मदिराको सुरमा उनले होटलमा सुतेको देखि यावत् कुराको जानकारी दिँदै तस्बिरसहित लगातार ट्विट गरिरहे । उनलाई फलो गर्नेहरू पनि उनको उक्त क्रियाकलापबाट रोमाञ्चित भैरहेका थिए । त्यही जितको खुसीमा आयोजित पत्रकार सम्मेलनमा मार्क निर्वस्त्र रूपमा सहभागी भएपछि अर्को तहल्का मच्चिएको थियो ।