साप्ताहिक संवाददाता
जेष्ठ ३, २०७५
केही महिनाअघि भारतको पुणे पुगेर भारतीय चलचित्र तथा टेलिभिजन संस्थानमा तीन साता लामो अभिनय प्रशिक्षण लिने नेपाली अभिनेता सञ्जित भण्डारीलाई भारतबाटै एउटा राम्रो प्रस्ताव आएको छ । सञ्जितलाई प्रशिक्षण दिने संस्थानका सिद्धार्थ शास्त्रीले एउटा मेगा सिरियलका लागि उनलाई अभिनय गर्ने प्रस्ताव राखेका हुन् ।
सञ्जित भन्छन्– नयाँ सिरियलका लागि कश्मिरीजस्तो देखिने युवकको खोजी भैरहेको रहेछ, मेरो लुक्स कस्मिरी युवकको जस्तो लागेपछि उहाँले प्रस्ताव राख्नुभएको हो । यसबीच सञ्जितले अभिनय गरेको पहिलो चलचित्र लम्फू यसै साता प्रदर्शन हुँदैछ । चलचित्रमा सञ्जितले कबिर खड्का तथा सलोन बस्नेतसँग काम गरेका छन् ।