साप्ताहिक संवाददाता
जेष्ठ ३, २०७५
चलचित्र पत्रकार संघ नेपालले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७५’ को घोषणा गरेको छ । संघले जनाए अनुसार चलचित्र पत्रकार दयाराम पाण्डे तथा ध्रुव लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।
त्यस्तै लक्ष्मण सुवेदी र सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ भने अञ्जान दाहाललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । जेठ ७ मा हुन गैरहेको संघको १९ औं स्थापना दिवसका अवसरमा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिने संघका अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए ।