जेठ ८ गते : भौमाष्टमी व्रत
जेठ १० गते : गंगा दशहरा
मेष
नयाँ कार्य प्रारम्भ गर्दा आफ्नो मात्र नभै अभिभावकहरूको रुचिको पनि ख्याल गर्नुहोला । ध्यानपूर्वक गरिएका कामले लाभ नै दिलाउनेछ । रोजगारीका लागि भांैतारिनुपर्ने स्थिति छ । अन्तर्वार्ता तथा परीक्षाहरूमा सामेल हुँदा संयमित रहनुहोला । पहेंलो रंगको प्रयोगले अपेक्षित परिणाम प्राप्त गर्न सघाउनेछ ।
वृष
यो साता मनको चञ्चलतामा वृद्धि हुनेछ । मनका भावना आदान–प्रदान गर्ने मित्र फेला पर्ने छन् । प्रसंगवश मन पराएको भावनासमेत व्यक्त हुनसक्छ । रोकिएका काम सम्पन्न भै आर्थिक संकट टर्नेछ । मांगलिक कार्यको तिथि–मिति तोकिने सम्भावना टरेको छैन । रमणीय यात्रा एवं किनमेलमा केही खर्च गर्नुपर्ने हुन सक्छ ।
मिथुन
नयाँ मित्रबाट अपेक्षाभन्दा बढी ज्ञान आर्जन गरी प्रसस्त लाभ लिन सकिनेछ । मनमा उत्पन्न सकारात्मक विचारले नौला प्राविधिक इलम रोज्न प्रेरित गर्नेछ । गरिब तथा असहायहरूलाई सहयोग गरी पूण्य आर्जन गर्नु होला । कर्मचारीवर्गले गोपनीयता तथा आर्थिक कारोबारमा सचेतता अपनाउनुपर्नेछ ।
कर्कट
लगनशीलताले विविध अवसर जुटाउनेछ । तपाईंको नाम भजाएर अरूले नै फाइदा उठाउन सक्छन् । भौतिक सुखले मात्र ढुक्क हुन नसकिएला । प्रेममा अविश्वास सिर्जना हुनसक्छ । साताको अन्त्यमा यात्रा गर्ने अवसर जुट्नेछ । भोजभतेरमा सहभागी हुँदा पुराना मित्रहरूसँगको भेटले मनलाई प्रफुल्ल बनाउनेछ । वादविवादबाट टाढै रहनु नै उपयुक्त हुन्छ ।
सिंह
पुन: प्रयत्न गर्दा रोकिएका काममा सफलता हात पर्नेछ । बुद्धिको सहायताले अधिकार एवं प्रतिष्ठा जोगाउन सकिनेछ । विपक्षीहरूले स–साना त्रुटि औंल्याउन सक्छन् । आफ्नो आलोचनामा ध्यान पुर्याउनु होला । पहिरनले अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यतिर फजुल खर्चले पिरोल्नेछ ।
कन्या
सामाजिक काममा सरिक हुँदा मन पराउने साथी फेला पर्ने सम्भावना छ । घरायसी व्यवहार सञ्चालन गर्ने जिम्मेवार आइलाग्न सक्छ । भविष्यको चिन्ताले सताउनेछ । असहज परिस्थितिबाट उम्कन थप धैर्यता आवश्यक देखिन्छ । नयाँ क्षेत्रमा लगानी गर्ने अवसर जुट्न सक्छ । सप्ताहन्तमा लक्ष्य प्राप्त गर्न सकिनेछ ।
तुला
आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरा चाहना पूरा गर्ने समय आएको छ । रोकिएका कामको गाँठो फुक्न सक्छ । कुनै काम सम्पन्न गर्न ढिलाइ नगर्नुहोला अन्यथा पछि परिनेछ । साताको अन्त्यमा प्रेमी–प्रेमिकाले नयाँ प्रस्ताव राख्नेछन् । सवारी साधन चलाउँदा संयमित रहनुहोला ।
वृश्चिक
सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी वर्गले जिम्मेवारीप्रति सचेत रहनुपर्नेछ । पारिवारिक विरोधका बाबजुद प्रेमजीवनले ठोस निर्णयको अपेक्षा गरेको छ । त्यही निर्णयले नै तपाईंको भविष्य निर्धारित गर्नेछ । साथीभाइहरूको भनाइमा लाग्दा समस्या आइलाग्न सक्छ, ध्यान पुर्याउनुहोला ।
धनु
मन पराउने साथीले साझेदारीमा लगानी गर्न उत्सुकता दर्साउँदा निर्णय गर्न ढिलाइ नगर्नुहोला । विदेशमा रहेका शुभचिन्तकहरूले विभिन्न जिम्मेवारी दिलाउनेछन् । व्यवसायका सिलसिलामा विदेश भ्रमण गर्नुपर्ने हुनसक्छ । कूटनीतिक क्षमता प्रदर्शन गर्नु उचित हुन्छ । सप्ताहन्तमा सुखद समाचार प्राप्त हुनेछ ।
मकर
अनुशासन एवं मर्यादा पालन नगर्दा विवादमा परिने सम्भावना छ, सचेत रहनुहोला । समूहिक लगानीमा गरिएको कामले मुनाफा दिनेछ । अवसरको खोजी गर्दै जाँदा विदेश यात्राको सम्भावना छ । जटिल समस्याहरू सुल्झाउँदै धेरैको प्रशंसा बटुल्न सकिनेछ ।
कुम्भ
आफ्नो धरातल बिर्सिएर अर्काको नक्कल गर्न खोज्दा ठूलो मूल्य चुकाउनुपर्नेछ । प्रेमी– प्रेमिकाको द्वैध मनस्थितिले आफ्नो विचारमा समेत परिवर्तन ल्याउन सक्छ । राज्यस्तरबाट दिइएका जिम्मेवारीप्रति बेवास्ता गर्नाले ठूलो नोक्सानीको फन्दामा परिनेछ । खरानी रंगको पहिरनबाट समस्या निवारण गर्न ऊर्जा प्राप्त हुनेछ ।
मीन
गहकिलो कार्य सम्पन्न गर्न कम बोल्नु होला । कार्य बोझ वृद्धि भै मानसिक दबाबको सामना गर्नु पर्ने हुनसक्छ । भ्रमण तथा योगाभ्यासले मन शान्त बनाउनेछ । सुमधुर पारिवारिक वातावरणले नयाँ काम थालनी गर्न ऊर्जा प्रदान गर्नेछ । मान–प्रतिष्ठा वृद्धि भै सवारी साधन खरिद गरिने सम्भावना समेत छ ।