साप्ताहिक संवाददाता
प्रहरीका उच्च अधिकारी, व्यापारी तथा नेताहरूसँग साँठगाँठ नभै गोरे यो अवस्थासम्म आइपुग्दैनथे (फ्रन्टपेज : सुरा, सुन्दरी र सुन) । कसैको संरक्षणबिना यस्तो धन्दा चलाउन असम्भव छ ।
सुशान्त कार्की
विदेश जाने भिसा लगाउन पनि विदेश नै पुग्नुपर्ने हाम्रो नियति छ (सपना, पोल्यान्ड र दिल्ली) । प्रदीपजीले आमनेपाली युवाको कथा बुन्नुभएको छ । मार्मिक अनुभूतिले मन छोयो ।
वसन्त विवस
अधिकांश नेपालीको समस्या यस्तै हो (मंगल होस् : हाँसोको मुहान खोज्दै जाँदा) । ऋण लिएर विदेश गए पछि ब्याज तिर्दै ठिक्क हुन्छ । नेपालमा रोजगारी सिर्जना नभएसम्म नेपालीहरूले यस्ता क्षण भोगिरहनुपर्नेछ ।
भूपेन्द्र गेलाल
नेपालका सुन्दर पदयात्रा गन्तव्यसम्बन्धी समाचार पढेपछि लामो बिदा लिएर घुम्न जाऊँ–जाऊँ जस्तो भयो (घुमघाम : पदयात्राको रोमाञ्च) । नेपालमा घुम्नलायक सुन्दर ठाउँ धेरै छन् ।
सन्जय पौडेल
हामी सबैको चाहना नै यही हो (मुक्त आकाश : हामी एक हुनैपर्छ) । देश बनेपछि हामी सबै अवश्य बन्छौं । हाम्रो ऊर्जा, समय र शक्ति देश बनाउन लाग्नुपर्छ ।
भानु जोशी
सुन्तलाका लागि धनकुटा जति प्रख्यात छ, त्यसरी नै अरू ठाउँ पनि कुनै न कुनै कुराका लागि प्रख्यात छन् (धनकुटामा ओरेन्ज सिटीको अवधारणा) । कुनै उत्पादन र विशेष कुराका लागि परिचित ठाउँहरूको यसरी नै प्रवद्र्धन गर्नुपर्छ ।
प्रकाश अधिकारी
अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित कर्मा छिरिङ शेर्पालाई बधाई (पाँच प्रश्न) । तपाईंको कार्यकाल सफल होस् ।
दिपक श्रेष्ठ
हत्यामा संलग्न व्यक्तिहरूले कुनै पनि हालतमा उन्मुक्ति नपाऊन् (अपराध : सनमलाई रुखमा बाँधेर गोरेले....) तस्करीको जालो जतिसुकै ठूलो भए पनि तोड्नैपर्छ
ताकि तस्करीमा लाग्नेहरू हतोत्साहित हुन् ।
जीवन रावत
बलिउडका चर्चित सेलिब्रिटीहरू नेपाल आउनु राम्रो हो (अन्तर्वार्ता : नेपालको अविस्मरणिय यात्रा गर्न मन छ) । नेपाललाई चिनाउन यस्ता कार्यक्रमले मद्दत पुर्याउँछन् ।
शोभित बानियाँ
यो त राम्रो नमुना हो (यस्तो पो मित्रता) । औपचारिक सम्बन्ध छुटे पनि मित्रता कायम राख्न सक्नु ठूलो कुरा हो ।
विवेक ज्ञवाली
रिमालाई सबै कुराले साथ दिएको छ (अमेरिकामा रिमा) । यही क्षेत्रलाई निरन्तरता दिने हो भने उनी पक्कै सफल हुनेछिन् ।
अमित पोखरेल
अञ्जु र प्रमोद दुवैलाई बधाई छ (नेपाल म्युजिक एवार्डमा अञ्जु र प्रमोद उत्कृष्ट) । श्रोताहरूको मनमा बस्न सफल गीतहरू दिनुहोला ।
आदर्श दंगाल
अशोकजस्ता प्रतिभालाई स्कुलले नि:शुल्क शिक्षा दिने जुन निर्णय गर्यो, त्यो प्रशंसनीय छ (रातारात हिट अशोक) । यस्ता प्रतिभालाई सबैले सहयोग गर्नुपर्छ ।
आनन्द अधिकारी
सुगमको सांगीतिक यात्रा सफल होस् (सांगीतिक यात्रामा सुगम) । परदेशमा रहेका नेपालीहरूको सांगीतिक तिर्सना मेट्ने प्रयास गर्नुहोला ।
तिलक प्रसाँइ
यो डिभाइस काम लाग्ने खालको रहेछ (हार्ट एट्याकको पूर्वजानकारी दिने डिभाइस) । चाँडै बजारमा आओस् ।
अमिर शर्मा