साप्ताहिक संवाददाता
जेष्ठ ५, २०७५
न्युयोर्कको डिजाइन स्टुडियो ट्याक्सिज ग्राफ्ट डिजाइनमा लेदर तथा उनको विशेष प्रकारको माउस प्याड तयार गरिएको छ । यसमा क्युआई वायरलेस चार्जर उपलब्ध हुन्छ । यसका कारण प्याडमा स्मार्टफोन राख्दा स्वत: चार्ज हुन थाल्छ ।
यो माउसलाई सहज तरिकाले फोल्ड गर्न तथा झोलामा राख्न सकिन्छ । हाल माउस प्याडको प्रयोग क्रमश: घट्दो छ तर यसका कारण यसको प्रयोग बढ्ने र आगामी दिनमा थप विशेषताका साथ माउस प्याड उपलब्ध गराउने योजना भएको कम्पनीको भनाइ छ ।
यो माउस प्याड आगामी अगस्त महिनासम्ममा बजारमा उपलब्ध हुने र यसको अन्तर्राष्ट्रिय बजार मूल्य २९ डलर हुने बताइएको छ ।