सुनसरीको इटहरीमा सञ्चालित भैँसी सुन्दरी प्रतियोगिताको उपाधि हीरा नाम गरेको भैंसीलाई प्रदान गरिएको छ । ३८ वटा भैंसीलाई उछिन्दै मिठुमाया कार्कीले पालेको हीरा भैंसीले उक्त उपाधि प्राप्त गरेकी हुन् ।
वातावरण तथा पर्यावरण संरक्षण केन्द्र इटहरीले आयोजना गरेको यो प्रतियोगिता भैंसी पालक किसानहरूलाई प्रोसाहित गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो । प्रतियोगितामा नरबहादुर कार्कीले पालेको चम्पा भैंसीले दोस्रो तथा वेधनिधि दाहालको काली नामकी भैंसीले तेस्रो स्थान प्राप्त गरे ।
प्रतियोगितामा विजयी सबै भैंसीको बिमासमेत गराइएको छ । राष्ट्रिय भैंसी अनुसन्धान केन्द्रका भैंसी वैज्ञानिक पवनकुमार झा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. शिवनाथ महतो, डा. विष्णुप्रसाद कुसवाहा तथा प्राविधिक राजेश पौडेलको निर्णायक टोलीले प्रतियोगी भैंसीको जाँच गरी उत्कृष्टताका आधारमा विजेता छनौट गरेका हुन् ।