जेष्ठ ७, २०७५
अभिनेता वरुण धवनले वर्षौंदेखि खोजीरहेको भूमिका चलचित्र ‘कलंक’ मा पाएका छन् । धवनले अहिलेसम्म यस्तो खालको भूमिका कुनै पनि चलचित्रमा पाएका थिएनन् । हाल उनले एक भिडियो सार्वजनिक गरेका छन्, जसमा धवनले वर्कआउट गरिरहेको देख्न सकिन्छ ।
उनले क्याप्सनमा लेखेका छन्, ‘कलंकका लागि नाइट ट्रेनिङ, वर्षौंदेखि एउटा क्यारेक्टरको पर्खाइमा थिएँ, जुन अहिले मिलेको छ ।’ धवनले यस्तो भूमिका १५ वर्षअघि नै गर्न खोजेका थिए तर यतिका वर्षपछि उनलाई चिट्ठा परेको छ । यो धवनका लागि ड्रिम चलचित्रसमेत हो ।
कलंकमा संजय दत्त, माधुरी दीक्षित, आलिया भट्ट, सोनाक्षी सिन्हा तथा आदित्य राय कपुरले समेत अभिनय गर्दैछन् । आखिर यति उत्साहित धवनको यो चलचित्र कस्तो होला, चलचित्र प्रदर्शनपछि मात्र थाहा हुनेछ ।