साप्ताहिक संवाददाता
जेष्ठ ८, २०७५
आगलागी भैरहेको समयमा सबै औजार बोकेर आगलागी नियन्त्रण गर्न सकिने एक विशेष प्रकारको सुट तयार भएको छ । सिंगापुरको गाडी निर्माता कम्पनी ट्रिजन अटोमोटिभले सिंगापुर सिभिल डिफेन्स फोर्ससँग मिलेर उक्त सुट तयार गरेको हो ।
अबेरोन एक्जोस्केलेटन नामक उक्त सुटमा होज्ड लाइन्स, नोजल्स, पावर टुल्सजस्ता इमरजेन्सी टुल किट राखिएको हुन्छ । सुट लगाएर ४० किलोग्रामसम्मको वजन बोकेर एक स्थानबाट अर्को स्थानमा जान सकिन्छ ।
यसमा ६ दशमलव ८ लिटरको कम्प्रेस्ड एयर ट्यांक हुन्छ । यसको सहयोगले १२ तलाको भवनमा लागेको आगो तीन पटकसम्म निभाउन सकिन्छ । यो सुट फायर फाइटरहरूका लागि निकै उपयोगी हुनेछ । यो सुट केही समयमै विश्वका केही भागमा बिक्रीका लागि उपलब्ध हुने बताइएको छ ।