साप्ताहिक संवाददाता
अभिनेत्री निष्मा घिमिरेले आफ्नो श्रीमान कोरियोग्राफर तथा अभिनेता गम्भिर बिष्टलाई पछारेर कुटपिट समेत गरेकी छिन् । तीन महिनाअघि कोरियोग्राफर गम्भिर बिष्टसँग विवाह गरेकी निष्माले गम्भिरलाई अरु केटीसंग नजिकिएको भन्दै पछार्दै भकुरेकी हुन् ।
तपाईलाई अचम्म लाग्ला विवाहको यति छोटो समयमै यि २ को मनमुटाव कसरी भयो भनेर । उनीहरुको यो मनमुटाव ए क म्यूजिक भिडियोमा देखिएको हो । यो जोडीमा फाटो ल्याउने गरी म्यूजिक भिडियोमा मोडल सिमा ढकाल देखा परेकी छिन् । उनीहरुका साथमा बाल कलाकार आर्शिना भट्टराईले पनि अभिनय गरेकी छिन् ।
गायक प्रज्ञान रेग्मी लोकशैलीको गीत ‘स्वास्नीले पछारी’मा गम्भिर र निष्माले अभिनय गरेका हुन् । म्युजिक भिडियोको गीतलाई चर्चित ब्याण्ड १९७४ एडी’का गीतारिष्ट मनोजकुमार केसीले संगीत संयोजन गरेका हुन् । गाउँको परिवेशमा खिचिएको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन, नविन निरौलाले सम्पादन तथा सुबोल थापाले नृत्य निर्देशन गरेका छन् । म्युजिक भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।
स्वास्नीले पछारिको म्यूजिक भिडियो :