जेष्ठ १०, २०७५
पूर्व मिस वल्र्ड तथा भारतकी चर्चित अभिनेत्री ऐश्वर्या राय अन्तत: सामाजिक सञ्जाल इन्स्टाग्राममा जोडिएकी छिन् ।
ऐश्वर्या अरू अभिनेत्रीभन्दा फरक जीवन बाँच्न चाहने अभिनेत्रीसमेत हुन्, तर भारतका धेरै कलाकारले करोडौं फ्यान फलोइङ बनाइसकेपछि ऐश्वर्या किन यति ढिलो इन्स्टामा जोडिइन् भन्ने कुरा खुलस्त नपारे पनि ऐश्वर्याले भनेकी छिन्, ‘यो सबै प्रशंसकहरूकै कारण हो ।’
बलिउडकी सुन्दर अभिनेत्री राय कामको समयबाहेक व्यक्तिगत जीवन बाँच्न चाहने अभिनेत्री हुन् । ऐश्वर्याले आफ्ना प्रशंसकहरूले वर्षौंदेखि गरेको लगातारको अनुरोधलाई ११ मेमा आएर मात्र स्वीकार गरेको बताएकी छिन् । अब ऐश्वर्या इन्स्टामा कत्तिको सक्रिय हुने हुन्, त्यो भने भविष्यमै थाहा होला ।