जेठ १५ गते : राष्ट्रिय गणतन्त्र दिवस
जेठ १७ गते : विश्व धूम्रपानविरोध दिवस ।
मेष
व्यवसायको स्थान परिवर्तन भै उचाइमा पुगिने सम्भावना छ । स–साना समस्या मन मिल्ने साथीको सहयोगबाट निराकरण गर्न सकिनेछ । नयाँ तथा महत्वपूर्ण योजना तर्जुमा गर्दा समय खर्चनुपर्नेछ । घरायसी व्यवहारमा संलग्न नहुनु नै उपयुक्त हुन्छ । साताको अन्त्यमा पाहुनाहरूसँग मनोरञ्जनमा सहभागी भइनेछ ।
वृष
ध्यानपूर्वक गरिएको कामले लाभ दिलाउनेछ । कुनै पनि कार्य सम्पन्न गर्दा आफ्नो मात्र नभै अभिभावकहरूको रुचिको पनि ख्याल गर्नुहोला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । साताको अन्त्यमा धार्मिक कार्यमा सहभागी भइनेछ । पूर्व दिशातर्फको महत्वपूर्ण कार्यमा सहभागी हँुदा सुनौलो रंगको प्रयोग गरे अपेक्षित परिणाम हात लाग्न सक्छ ।
मिथुन
योगाभ्यास एवं ध्यान गर्न सके मानसिक आलस्यता तथा तनाव निर्मूल भै ऊर्जा प्राप्त हुनेछ । सरकारी कर्मचारीले नयाँ स्थान जानुपर्ने हुनसक्छ । होस नपुर्याई गरिएको निर्णयले आफ्नै मर्यादामा चोट पुर्याउन सक्छ ।
कर्कट
द्रुत गतिमा गरिएको कामले नै उचाइमा पुर्याउनेछ । रोजगारीको क्षेत्रमा अपेक्षित परिणाम हात लाग्नेछ । विपरीत लिंगीबाट नौलो प्रस्ताव प्राप्त हुन सक्छ । खानपानको समय–तालिका फेरबदल हुँदा स्वास्थ्य समस्याले सताउनेछ । साताको अन्त्यमा अवरोध निर्मूल भै प्रेरणादायक कार्य सम्पन्न गर्न सकिनेछ ।
सिंह
रोजगारीको चिन्ताले सताए पनि सोमबारदेखि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । प्रतिकूल परिस्थितिमा शुभचिन्तक कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्त फेला पर्नेछन् । समाजसेवामा समय खर्चनुपर्ने हुन सक्छ । खराब मनोभावना भएकाहरूले पिछा गर्न सक्छन्, सचेत रहनुहोला ।
कन्या
शुभ समाचार प्राप्त हुनाले उत्साह थपिनेछ । बिना पूर्वयोजना नयाँ स्थानको भ्रमणमा निराश हुनुपर्नेछ । सभा–सम्मेलनमा भाग लिदा समयको ख्याल गर्नुहोला । विपक्षीहरूले कुरा काट्दा आफैंलाई नै फाइदा पुग्नेछ । खानपिनको गडबडीले स्वास्थ्यमा समस्या सिर्जना गर्न सक्छ ।
तुला
सहयोगी भावनाका साथ प्रस्तुत हुँदा पनि अपजस आइलाग्न सक्छ । सकेसम्म कम बोल्नुमै आफ्नो हित छ । व्यवसायलाई मुनाफामूलक बनाउन साथीहरूको सुझावको आवश्यकता पर्नेछ । शुभ कार्यमा धन खर्च होला । पेट तथा टाउकोसम्बन्धी समस्याले पिरोल्न सक्छ ।
वृश्चिक
सीपमूलक रोजगारीका क्रममा विदेश भ्रमण हुनसक्छ । प्रेमी/प्रेमिका उपयुक्त मुहूर्तको पर्खाइमा छन्, निर्णय गर्न ढिलाइ नगर्नु नै बेस हुन्छ । मन मिल्ने साथीभाइले दिएको सुझाव मनन गरी चल्न सके प्रशस्त फाइदा उठान सकिनेछ । घरायसी व्यवहारलाई समय नदिँदा अभिभावकहरू चिढिन सक्छन् ।
धनु
सुनौलो रंगको पहिरनले तपाईंको आत्मविश्वासलाई सहयोग पुर्याउनेछ । सेवाको भावनाले गरिएका कार्यबाट प्रतिस्पर्धीहरूलाई पछाडि धकेल्न सकिएला । तुलानात्मक रूपमा साताको प्रारम्भभन्दा अन्त्य बढी लाभदायक छ । वैदेशिक कार्ययोजनाले अनन्त: फाइदा नै पुर्याउनेछ ।
मकर
विविध व्यवसाय तथा क्षेत्रमा लगानी गर्दा संयमित रहनुपर्नेछ । हठ गर्ने प्रवृत्तिले नोक्सान पुर्याउनेछ । राजनैतिक तथा सामाजिक क्षेत्रमा काम गर्न अग्रसर भइनेछ । प्रेमको गाँठो दिनानुदिन कसिलो भएको अवस्था छ । कुरा काट्नेहरू स्वत: सहयोगी हुँदै जानेछन् ।
कुम्भ
आफ्नै शारिरीक कमजोरी एवं आलस्यताले महत्वपूर्ण काम बिग्रन सक्ने भएकाले समयको व्यवस्थापन आवश्यक छ । नौलो स्थानको भ्रमणमा अपेक्षाभन्दा बढी खर्च हुन सक्छ । साझेदारीमा थालिएको कामले अन्य अवसरको ढोका खोल्नेछ ।
मीन
प्रतिष्ठा तथा पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा आत्मसात् गर्न सके नयाँ उचाइमा पुगिनेछ । कम बोलेर काम सम्पन्न गर्न सके परिणाम आफ्नै पक्षमा हुनेछ । जटिल परिस्थितिका बीच प्रारम्भ गरिएको कामले अपेक्षा गरेजस्तै सफलता पाउनेछ । प्रेमी–प्रेमिका दोधारे मनस्थितिमा छन्, परिस्थिति मुताबिक व्यवहार गर्नुहोला ।