साप्ताहिक संवाददाता
भोलि शनिबार काठमाडौंको एयरपोर्ट ग्राउन्ड गोठाटारमा दोस्रो भर्सनको नेकेड बाइक रेसिङ प्रतियोगिता ‘मोटो फ्ल्याट ट्रयाक’ सञ्चालन हुँदैछ । उक्त प्रतियोगितामा १ सय ५० देखि २ सय सीसीका बाइक राइडर सहभागी हुनेछन् । ३० भन्दा बढी बाइक राइडरले विभिन्न कम्पनीका नेकेड बाइक कुदाउने यो प्रतियोगिताका लागि २ सय ५० मिटरको ट्रयाक निर्माण गरिएको छ ।
कोरियन फिल्म
कोरियन चलचित्र हेर्न कत्तिको रुचाउनुहुन्छ ? भोलि शनिबारदेखि मंगलबारसम्म चौधौं कोरियन फिल्म महोत्सव हुँदैछ । महोत्सवमा प्रदर्शन हुने हरेक चलचित्र हेर्न निर्धारित समयभन्दा दुई घण्टाअघि नै नि:शुल्क कुपन लिइसक्नुपर्नेछ भने एक जनाले २ वटा मात्र लिन पाइनेछ । महोत्सवमा चलचित्र अल एबाउट माइ वाइफ, माइ ब्रिलियन्ट लाइफ, माइ पापोरक्ति, द सस्पेक्ट तथा द थिभ्सको प्रदर्शन हुने बताइएको छ ।
स्थान : क्वीएफएक्स सिनेमाज्, लाबिम मल
आयोजक : दक्षिण कोरियाली राजदूतावास