साप्ताहिक संवाददाता
निर्माणाधीन चलचित्र चंगाचेटका निर्माता माधव वाग्लेसहित ६ जनालाई प्रहरीले नक्कली नोटको कारोबार गरेको अभियोगमा पक्राउ गर्यो । आफ्नो गिरफ्तारी पछि वाग्लेले उक्त नक्कली नोट आफूले चलचित्रको सुटिङका लागि छापेको दाबी गरेका छन् । गतसाता यो विषयले सामाजिक सञ्जाललाई निकै ततायो । यही प्रकरणमा केन्द्रित रहेर हास्यकलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले फेसबुकमा एउटा स्टाटस पोस्ट गरे जसमा लेखिएको थियो, चलचित्रमा नक्कली नोट बनाउने भनेको दर्शकलाई झुक्याउन हो । पसलेलाई झुक्याउन होइन । प्रयोजन सकिएपछि नोट नष्ट गर्नुपर्नेमा, साट्ने कष्ट गर्नुभएछ साथीहरूले । दूधको दूध पानीको पानी होस् । गल्ती नगर्ने सजायको भागिदार नहोस् र गल्ती गर्नेले सजाय पाओस् । नक्कली नोट, नक्कली बन्दुक, बम आदि चलचित्रमा प्रयोग गरिरहनुपर्ने हुन्छ । राष्ट्र बैंकबाट २ करोड सापटी लगेर चलचित्रमा देखाउनुपर्ने नजिर नबसोस् जय नेपाली चलचित्र । घिमिरेको उक्त स्टाटसमाथि सामाजिक सञ्जालमा ठूलै बहस छेडियो जसका देखिएका केही रोचक प्रतिक्रिया :
माग्ने बुढाले पनि नक्कली १० लाख पाएजस्तो छ । चेक गर है बुढा । निर्माताको भर नपर्नु ।
डेम्स बुढामगर
सत्यलाई ढाकछोप गर्ने प्रयास नगर्नुहोला । चलचित्रमा कथाले पैसा माग्यो होला तर त्यति धेरै पैसा आवश्यक पर्दैनथ्यो । अनि बजारमा साटेको चाहिँ के चलचित्र मै अभिनय गरेको भन्ने त अब ।
रिक्त बानियाँ
यो त सब माष्टरप्लान हो पासा ।
राजु अनुपम धिताल
अहिलेको लेटेस्ट टेक्नोलोजीमा बन्ने चलचित्रका लागि २ करोड पैसा त्यसरी छाप्न आवश्यक नै छैन । अर्को कुरा यति हो भनेर दुरुस्त देखिने गरी छाप्नुपर्ने कारण चाहिँ के हो ? राजेश हमालको तस्बिर राखेर पनि त छाप्न सकिन्थ्यो । गल्ती गरेको हो, कारबाहीचाहिँ प्रचलित ऐन कानुनबमोजिम हुनुपर्छ, ढाकछोपको प्रयास नगरियोस माग्नेज्यू ।
बिक्रम गिरी
कुरो र कुलो जता लगाए नि हुन्छ । चलचित्रका लागि नै त्यत्रो पैसा खर्च गरेर पैसा छाप्ने मेसिन किनेको हो भन्नेमा चाहिँ शंकै लाग्यो ।
राम खतिवडा
हिन्दी चलचित्र ‘धुम—३’ मा १ करोड मात्रै नक्कली नोट उडाइएको थियो रे, नेपाली चलचित्रको बजेट बढाएर २ करोड नै उडाइदिने ?
विनोद विष्ट
कलंकीमा ५ सयको नोट दिएर खुल्ला गर्देन भन्दा एउटा त हात्तीको नोट थियो बाँकी १००–१०० का ४ वटा नोट मख्ख परेर नहेरी खल्तीमा राख्या एक हजार त नक्कली परेछ ।
सुवास आचार्य
बिर्को लाको चिनीमा कसरी पस्यो कमिलो ? सुटिङका लागि वनाको पैसा बजारमा पुग्यो भनियो मनै कालो छ कि धनै कालो नक्कली काम गर्नेलाई चै जताततै राम्रो ।
रवि अधिकारी
आफ्नो अनुभवलाई लुटमा प्रयोग गरेका रै छन्– कुरो बुझियो ।
सन्तोष के बास्तोला
चलचित्रका लागि बनाको भए होटलमा गएर टन्न खाने अनि तिर्ने बेला त्यै नक्कली नोट दिने ? अनि चलचित्र सुटिङका लागि भन्न लाज लाग्दैन ?
फडिन्द्र श्रेष्ठ
आजकाल प्रायजसो चलचित्रमा करोडको कुरा हुन्छ । त्यो पनि कसरी कमाउने भन्दा लुटेर वा मेहनत नगरी । वास्तविक जीवनमा त्यस्तो कहिल्लै हुँदैन, यो फेद न टुप्पोको हावा चलचित्र बनाउनै पो बन्द गर्ने कि ? सोझा सिधा मानिसहरूलाई मुर्ख बनाउनुको पनि सीमा हुन्छ नि यार ।
प्रयास घिमिर