साप्ताहिक संवाददाता
नेपाल अमेरिका फिल्म सोसाईटीले आयोजना गरेको ‘नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव’ बाल्टीमोरमा सम्पन्न भएको छ ।
महोत्सवमा नविन अवाल निर्देशित चलचित्र बिजुली मेशिन, डकुमेन्ट्रीमा मिरण्डा मोर्टन यपको डर्टस अफ कर्भ मून तथा स्पेशल जुरी मेन्सन अर्वाड प्रकाश आङगदेम्बेद्धारा निर्देशित चलचित्र चलचित्र ‘देश खोज्दै जादा’ले अवाडै जितेका छन् । यस्तै, सर्ट फिल्म तर्फ भने निर्देशक शिरी पामोनी इशेलको मारिया ले उत्कृष्ट चलचित्रको अर्वाड जित्न सफल भएको छ । महोत्सवको उदघाटन अमेरिकाका लागी नेपाली राजदुत अर्जुन कार्कीले गरेका थिए ।
महोत्सवमा ४८ चलचित्र मध्येबाट सुर्वण थापा, निना स्ट्रिक र क्रिश्यिन ओ सहितको तीन सदस्यीय निर्णायक मण्डलले विभिन्न विधाका यी चलचित्रलाई उत्कृष्ट ठहराएका हुन ।
महोत्सवमा नेपाल लगायत युरोप र अमेरिकन छोटा, वृत्तचित्र र कथानक चलचित्रहरु प्रर्दशन हुने सोसाईटीका निर्देशक पूर्णसिंह बराईलीले जानकारी दिए ।
नेपाली सिनेमालाई विश्व बजारमा परिचित गराउन र बजारिकरण गर्न दोस्रो पटक महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।