साप्ताहिक संवाददाता
जेष्ठ १६, २०७५
नेपाली गायक मानस राजको एक एल्वमका लागि इण्डियन एक म्यूजिक कम्पनीले २० लाख लगानी गर्ने भएको छ । इण्डियन म्युजिक कम्पनि ‘विंग्स इन्टरटेन्मेन्ट’ले मानसको एल्वमका लागि २० लाख लगानी गर्ने गरी साईन गरिसकेको छ ।
कम्पनिका चेयरम्यान प्रकाश रोहराले गायक मानससाग लिखित सम्झौता गरेका हुन् । एल्वममा समावेश हुने ४ गीत लगभग फाईनल भैसकेको बताईएको छ । एल्वममा अरु ४ वटा गीत समावेश गर्ने मानसको भनाई छ ।
टेल्स नामक युट्युब च्यानललाई ६१ भाषामा संचालन गरिरहेका प्रकाशले नेपालमा गीतसंगीतको बढ्दो लोकप्रियता देखेर नै आफ्नो रुची बढेको बताएका छन् ।
पछिल्लो समय नेपाली गीतसंगीतले युट्युबमा सहजै करोड भ्युज क्रस गर्न थालेपछि आफ्नो टीम लगानीको लागि इच्छुक भएको प्रकाशको भनाई छ । मानस पछिल्लो समय भाइरल गायकका रुपमा चर्चामा छन् ।