साप्ताहिक संवाददाता
अभिनेत्री करिश्मा मानन्धरसँग सम्बन्धित रमाइला गसिपहरू बेला–बेलामा सार्वजनिक भैरहन्छन् । अनलाइनमा त उनका छोटा पहिरनको फोटो फिचर नै प्रकाशित भैरहेका छन् । करिश्माको बढ्दो उमेर तथा घट्दो पहिरनको आकारका बारेमा गसिप बनाइन थाले पछि भने करिश्माको पारा गरम भयो ।
सञ्चारकर्मीहरूप्रति आक्रोसित हुँदै करिश्माले फेसबुकमा एउटा तस्बिरसहित लामै स्टाटस लेखिन् । त्यसक्रममा उनले एक्काइसौं शताब्दिमा एउटा नागरिकले आफूले चाहेको खान, लगाउन तथा बोल्न किन नपाउने ? भन्ने जिज्ञासा राखेकी छिन् ।
‘मैले लगाएको पहिरन गलत भयो होला, त्यसका बारेमा टिप्पणी गर्नुस्, करिश्माले लेखेकी छिन्–‘तर मेरो बोल्ने शैली, उमेर, मेरा रहर, मैले पूरा गर्न खोजेका इच्छा, हरेक कुरालाई हाँसोको विषय बनाएर करिश्माको जात्रा भनेर वा लेखेर के पाउनु हुन्छ ?’
आक्रोश पूर्ण शैलीमा करिश्मा भन्छिन्–‘मेरो पहिरनको बहाना बनाएर मेरो नीजि स्वतन्त्रतामाथि हमला गर्ने र सम्पूर्ण नारी जातिमाथि हुने पित पत्रकारिताको सम्मान स्वरुप यो एउटा अर्को पहिरन लगाएँ ।’)