मेष
धैर्यपूर्वक गरिएको कार्यले नै सही मार्ग पक्रनेछ । आर्थिक पक्ष प्रबल भएकाले नयाँ तथा पुराना दुवै किसिमका काममा फाइदा मिल्नेछ । भ्रमण लाभदायक सावित हुनेछ । विशेष प्रकारका मित्रहरूसँग परिचित हुने साइत छ ।
वृष
चन्द्रमाको आराधनाले थप सफलता दिलाउन सक्छ । वादविवादको सामना गर्नुपर्ला । महत्वपूर्ण सभा–सम्मेलनमा सहभागी भइनेछ । दैनिक कार्यव्यस्तता बढ्नेछ । शैक्षिक क्षेत्रमा लगानी गर्न उत्साह जाग्नेछ । व्यवसाय परिवर्तन गर्ने विषयमा पारिवारिक मत मिल्नेछ ।
मिथुन
मांगलिक कार्यमा बाँधिने प्रस्ताव प्राप्त हुन सक्छ, अभिभावको रुचि तथा स्वविवेकद्वारा निर्णय गर्नुहोला । आफ्नो व्यक्तित्व तथा सुन्दरताप्रति आकर्षित हुनेहरू प्रशस्तै हुनेछन् । कम बोल्नुमै भलो छ । साताको अन्त्यमा वनभोज तथा भ्रमणमा रमाइनेछ ।
कर्कट
खर्च वृद्धि हुने सम्भावना छ । अवसरको खोजीमा थप दौडधूप गर्नुपर्ने हुनसक्छ । सहपाठीबीच मित्रताको बन्धन कसिनेछ । अनुशासन हिनता एवं उत्ताउलोपन प्रदर्शन गर्दा विवादमा परिएला, संयमित रहनुहोला । मङ्गलबारपछि थप ऊर्जा प्राप्त हुनेछ । अभिभावकसँगको वैचारिक द्वन्द्वप्रति सचेत रहनुपर्नेछ ।
सिंह
मौसमी फेरबदलका कारण आइलाग्ने अस्वस्थतामा समय खर्चनुपर्ला । केही समययता प्रेमिकासँगको सम्बन्धमा आएको चिसोपनले निराश बनाउनेछ । मझौला लगानीको व्यवसाय फस्टाउन नसक्दा थप लगानीले पिरोल्नेछ । साताको अन्त्यमा घरायसी आर्थिक समस्या समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
कन्या
केही दौडधूप गर्नुपरे पनि आफ्ना लागी विशेष अवसर जुटाउन सकिनेछ । अभिभाववको सहमतिबेगर अरूलाई वचन दिँदा आफू अप्ठ्यारोमा परिएला । अध्ययनका निम्ति विदेश जाने प्रयत्न सफल हुनेछ । नजिकका साथीभाइ टाढिए पनि नयाँ साथी फेला पर्नेछन् ।
तुला
तपाईंको सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गर्नेछ । आफन्त तथा प्रशंसकहरूलाई फरक अनुभुति प्रदान गर्न सकिनेछ । केही दिनको अन्तरमा अन्य अवसरहरू फेला पर्नेछन् । स्वरोजगार हुदाँ हर्षले गद्गद भइनेछ । चियोचर्चा गर्नेहरूबाट सावधान रहनुमै आफ्नो हित छ ।
वृश्चिक
मेहनतपूर्वक गरिएका काममा समेत अपजस आइलाग्न सक्छ । गुप्त शत्रुहरू हाबी हुनाले ठूला खालका योजना अघि बढाउनु ठीक हुँदैन । धोकेबाजहरूले प्रेम प्रस्ताव राख्न सक्छन् । स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । खानपान तथा दैनिक जीवनचर्याले स्वास्थ्यमा गडबडी सिर्जना गर्न सक्छ ।
धनु
सामान्य वादविवाद भए पनि तपाईंको सिर्जनशील कार्यलाई समर्थन गर्ने परिस्थिति सिर्जना हुनेछ । तपाईंको रचनात्मक कार्यलाई हितैषीहरूले मन पराउनेछन् । अमूल्य उपहार, नगद इत्यादिसमेत प्राप्त हुन सक्छ । अध्ययनका लागि विदेश यात्राको साइत जुर्न सक्छ ।
मकर
झिना–मसिना काममा अल्झिँदा महत्वपूर्ण समय खेर जानेछ । व्यापार–व्यवसायमा समेत धक्का पुग्न सक्छ । उक्त परिस्थितिलाई सावधानीका साथ व्यवस्थापन गर्न सके प्रशस्त लाभ लिन सकिनेछ । पूर्वपरिचित साथीबाट मन पराएको प्रस्ताव प्राप्त हुने सम्भावना छ, सकेसम्म चाँडै निर्णय गर्नुहोला ।
कुम्भ
कार्य सञ्चालनमा यदाकदा अवरोध तथा कठिनाइ महसुस होला । कार्यव्यस्तताका बीच घरपरिवारका लागि पनि समय दिनुपर्नेछ । विपक्षीको छलकपट एवं जालझेलबाट सावधान रहनुहोला । व्यवसायमा नेतृत्व गर्ने अवसरसहित जिम्मेवारी प्राप्त हुनेछ । साताको उत्तराद्र्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ ।
मीन
ध्यानपूर्वक गरिएका कार्यबाट फाइदा नै पुग्ने देखिन्छ । अन्तर्वार्ता तथा परीक्षाहरूमा सामेल हँुदा हतार नगरी निडर रूपमा प्रस्तुत हुनुहोला । धोकेवाजहरूले प्रेम प्रस्ताव राख्न सक्छन् । कसैलाई वचन दिनु ठीक हुँदैन । यात्राका क्रममा महत्वकांक्षाले जोखिम निम्त्याउने खतरा हुन सक्छ ।