साप्ताहिक संवाददाता
पिज्जा इटालीको परम्परागत परिकार हो । यो चिज, मासु, च्याउ आदिको टेस्टमा बनाइन्छ । अहिले यो संसारभर पाइने र रुचाइने परिकारमा पर्छ । पिज्जाका भेराइटी पाइने रेस्टुराँ तथा पिज्जा डेलिभरी सामान्य नै भैसकेको छ । काठमाडौंमा यस्ता थुप्रै ठाउँ छन्, जहाँ सस्तैमा पिज्जाको स्वाद लिन सकिन्छ ।
शंखमूलमा हाम्रो पिज्जा
झन्डै दुई वर्षअघि शंखमूलमा खुलेको हाम्रो पिज्जा उक्त क्षेत्रमा पिज्जाका लागि चर्चित छ । यो पिज्जा हाउस बाबुराम तथा विष्णु श्रेष्ठ दाजुभाइले खोलेका हुन् । छिटो, मीठो र सस्तो भएकाले यहाँ पिज्जा अर्डर गर्न आउनेहरूको संख्या बढिरहेको छ ।
मसरुम, चिकेन तथा भेज पिज्जा– १ सय ३० रुपैयाँ
ब्ल्याक वाटर रेस्ट्रो एन्ड बार
ब्ल्याक वाटर रेस्ट्रो खुलेको चार वर्ष भयो । यसको मेन ब्रान्च ठमेलमा छ । त्यसपछि बानेश्वर र न्युरोडमा पनि यसको शाखा खुल्यो । सबै ठाउँमा एकपटकमा ५५ जना बस्न सक्ने यो रेस्ट्रोको ठमेल र बानेश्वर शाखामा ब्रेकफास्ट तथा लन्चको समेत व्यवस्था छ । यो महिना ब्ल्याक वाटर रेस्ट्रोका सबै ठाउँमा २० प्रतिशत छुट प्रदान गरिएको छ । विदेशका विभिन्न होटल तथा रेस्ट्रोमा काम गरेर अनुभब प्राप्त व्यक्तिहरुले यो रेस्ट्रो खोलेका हुन् । शहरमा सबैभन्दा मीठो पिज्जा ख्वाउने यो रेस्ट्रोको दावी छ ।
चिकेन पिज्जा (मिडियम) – ५ सय ४५ रुपैयाँ
मसरुम– ५ सय १४ रुपैयाँ
मागरिता मिडियम – ३ सय ९५ रुपैयाँ
माउन्ट स्ट्राडा कफी फुड एण्ड पिजारिया, कालिकास्थान
सिल्भर सिटी अपार्टमेन्टको ठीक विपरीत छ, माउन्ट स्ट्राडा कफी फुड एन्ड पिजारिया । एक महिनाअघि खुलेको यो रेस्टुराँ खासगरी पिज्जा र कफीमा केन्द्रित छ । माउन्ट स्ट्राडा बिहान ७ देखि साँझ ९ बजेसम्म खुला रहन्छ ।
चिकेन चटपट् पिज्जा (मिडियम साइज) – २ सय ९९ रुपैयाँ
चिकेन ३ सय रुपैयाँ
मसरुम ३ सय २० रुपैयाँ