साप्ताहिक संवाददाता
अमेरिकाको सांगीतिक टुरमा रहेका पप गायक सुगम पोखरेलको कन्र्सटमा दर्शकको क्रेज बढ्दै गएको छ । उनको प्रस्तुतीमा बालबालिका, युवा देखि पाका दर्शकहरु झुमीरहेका छन् । अमेरिकाको टेक्ससबाट सुरु भएको उनको सांगीतिक यात्रा बोष्टन, मिनिसोटा लगायतका राज्यहरुमा निरन्तर चलीरहेको छ । कन्र्सटमा दर्शकको क्रेज राज्य पिच्छे बढीरहेको छन् । उनले दिएका हिट नम्बरहरुमा दर्शकहरु कम्मर मर्काउदै नाचिरहेका छन् ।
फ्युजन इन्टरनेशनल नेपसिने तथा प्लानेट ३ फिल्मस्को पहलमा स्थानिय आहा प्रोडक्सनले आयोजना गरेको कार्यक्रममा दर्शकको भीड थाम्न आयोजकलाई हम्मे परिरहेको छ । पछिल्लो समय फिल्मी गीत गाएर समेत लोकप्रियता बटुलेका उनलाई फिल्मका गीतमा पनि दर्शकले रुचाएका छन् । हरेक कन्र्सटमा दर्शकको साथले हौसीएका उनलाई उत्साही तुल्याएको छ । ‘सबै खाले दर्शकको कन्र्सटमा उपस्थिति पाइरहेको छु’ फुर्तिलो पारामा उनले भने– ‘परदेशमा पनि दर्शकको क्रेज राम्रै पाएको छु ।’
उनिसंग सेल्फी लिने र अटोग्राफ लिनेहरुको पनि कार्यक्रमस्थलमा उस्तै भीड हुने गरेको छ । हरेक गीतमा दर्शकको साथ उनले पाएका छौ । ‘उनको सांगीतिक टुर हरेक राज्यमा सोचे भन्दा राम्रो भएको छ×’ आयोजक संस्थाका रायन रेजले जानकारी दिए । उनका अनुसार कार्यक्रमको लोकप्रियतासंगै थप राज्यहरुमा कन्र्सटको माग बढ्दै गएको छ ।
टेक्ससबाटै अमेरिकाको सांगीतिक यात्राको सुरुवात गरेका उनले १६ भन्दा बढी राज्यमा कन्र्सट गर्ने जनाएका छन् । पहिलो पटक २००८ मा चार महिना कन्र्सटमा आएका गायक गत वर्ष छोटो समयमा आएर कार्यक्रम गरेर फर्किएका थिए । तेस्रो पटक कार्यक्रमका लागी अमेरिका आएका उनले यो पटक झन्डै चार महिना विभिन्न राज्यहरुमा कन्र्सटमा बिताउने बताए ।