साप्ताहिक संवाददाता
संसारकै सबैभन्दा पातलो टिभी ‘वालपेपर टिभी’ नेपाली बजारमा भित्रिएको छ । उक्त टिभीलाई केएल दुगड समूह अन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले नेपाली बजारमा उपलब्ध गराएको हो ।
स्काईवर्थ ब्रान्डको उक्त टिभीको मोटाइ जम्मा ३ दशमलव ६ एमएम छ जुन संसारकै सबैभन्दा स्लिम टिभी भएको कम्पनीको दाबी छ । यो टिभी स्मार्ट फोनभन्दा पनि पातलो छ । यो टिभीमा भ्वाइस कमान्डबाटै आफ्नो इच्छा अनुसारको कार्यक्रम हेर्न सकिन्छ । त्यसैगरी गुगल प्लेस्टोरमा गएर आफ्नो चाहना अनुसारको एप्लिकेसन डाउनलोड गर्न सकिने स्मार्ट प्रविधि पनि उक्त टेलिभिजन सेटमा छ ।
यसमा जेबीएल साउन्ड सिस्टम जडान गरिएको छ जसकारण उच्च दर्जाको साउन्ड अनुभव गर्न सकिन्छ ।
ओएलईडी प्रविधिको यो टेलिभिजनको डिस्प्ले उज्यालो, किफायती र पातलो त छ नै, यसमा अन्य विभिन्न नयाँ फिचरहरूसमेत समावेश गरिएको छ । नेपाली बजारमा यो टेलिभिजन सेटको मूल्य २० लाख रुपैयाँभन्दा बढी पर्छ ।