अमेरिकाको न्युयोर्कमा मिस नेपाल नर्थ आयोजना हुने भएको छ । यसपटकको मिस नेपाल नर्थ अगस्ट ११ तारिखमा आयोजना हुने भएको छ । नर्थ अमेरिकामा वसोवास गर्नेलाई समेट्नेगरि पहिलोपटक यो प्रतियोगिता आयोजना हुन लागेको हो । कार्यक्रमका एक संयोजक निराकर उप्रेतीका अनुसार नेपाली युवतीहरुको प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यले आयोजना हुने यो कार्यक्रमलाई हामी अब प्रत्येक वर्ष आयोजना गर्ने छौं ।
उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पिएनएम तथा लाइट्स आउट इन्टरटेन्टमेन्टको सहकार्यमा यो कार्यक्रम गर्न लागेको हो । यसपटकको बिजेतालाई मिस नेपाल नर्थ अमेरिका २०१८ को ताज दिईने छ । प्रतियोगिता बिजेता हुनेलाई अन्र्तराष्ट्रिय गैरमुनाफा संस्थामा स्वयंसेवकका रुपमा काम गर्ने अवसर समेत पाउने छन् । मिस ट्यालेन्ट, मिस पपुलर, मिस डिसीप्लेन, मिस पर्सनालिटी तथा मिस क्याटवाक उपाधि समेत प्रदान गरिने कार्यक्रम संयोजक उप्रेतीले वताए ।
मिस नेपाल नर्थ अमेरिकामा सहभागि हुन चाहने अविवाहित युवती१८ देखि २७ बर्ष सम्म हुनु पर्ने, ५ फुट २ इन्च उचाई हुनुपर्ने, उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट ) भएको हुनुपर्ने र अमेरिका निवासी हुनुपर्ने प्रवधान राखिएको छ । यो कार्यक्रमका लागी मिस नेपाल २०१० की सदिक्षा श्रेष्ठले कोरियोग्राफी गर्नेछिन् ।