साप्ताहिक संवाददाता
जेष्ठ २२, २०७५
अन्तत: अभिनेत्री झरना थापा तथा निर्माता सुनिलकुमार थापाले आफ्नी छोरी सुहानी थापालाई चलचित्रमा पदार्पण गराउने निर्णय गरेका छन् । अमेरिकामा अध्ययनरत सुहानीले आफ्नै बुवाको ब्यानर तथा आमाको निर्देशनमा तयार हुने चलचित्र ए मेरो हजुर–३ मा अभिनय गर्ने निश्चित भएको हो ।
भदौतिर छायांकन प्रारम्भ हुने उक्त चलचित्रमा सुहानीले अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्ने निश्चित भैसकेको छ । चलचित्र ए मेरो हजुर–३ का लागि अनमोलले ३० लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा छ । प्रेमकथामा आधारित उक्त चलचित्रमा अनमोल र सुहानीको जोडी कस्तो देखिने हो, प्रतिक्षाकै विषय बनेको छ ।