साप्ताहिक संवाददाता
नयाँ सौन्दर्य प्रतियोगिता ज्वेल अफ द वल्र्ड २०१८ मा नेपालको तर्फबाट सहभागिता जनाएकी सपना भेटवालले एउटा उपाधि हात पार्न सफल भएकी छिन् ।
प्रतियोगितामा भेटवालले बोके फेस्टिभल क्वीन उपाधि हात पारेकी हुन् । यस अघि नेपाल्स फेसन आइकन २०१६ को फस्ट रनर अप बनिसकेकी सपनाको ज्वेल अफ द वल्र्ड प्रतियोगितामा सहभागिताका लागि इभेन्ट बेटर ग्यालेक्सीले संयोजन गरेको हो । ।
संयुक्त राष्ट्रसंघको साधारण सभाले घोषणा गरे अनुसार मे २१ तारिखमा अन्तर्राष्ट्रियस्तरमा वार्षिक रुपमा मनाइने वल्र्ड डे अफ कल्चरल डाइभर्सिटी अर्थात् साँस्कृतिक विविधताको विश्व दिवसलाई प्रवद्र्धन गर्ने उद्देश्य यसै वर्ष देखि ‘ज्वेल अफ द इयर’ नामक प्रतियोगिता फिलिपिन्समा आयोजना भएको हो ।
प्रतियोगिताले महिला सुन्दरता र सशक्तिकरणको सम्मान तथा विश्वको बहुसाँस्कृतिक गौरवलाई वृहत् रुपमा मनाउने मूलभूत उद्देश्य राखेको छ । प्रतियोगिता फिलिपिन्सको मनिलामा मे १६ देखि २६ सम्म संचालन भएको थियो ।