जेष्ठ २३, २०७५
पद्मावतपछि दीपिका पादुकोणले नयाँ चलचित्र साइन गरेकी छैनन् । उनका प्रशंसकहरूबीच कौतूहलता छ कि दीपिकाले अब कुन चलचित्रमा काम गर्नेछिन् । हालै दीपिकाले एउटा नयाँ चलचित्रमा काम गर्ने हल्ला फैलिएको छ ।
यद्यपि उक्त समाचारको आधिकारिक पुष्टि भएको छैन । भारतीय मिडियाहरूका अनुसार दीपिकाले ‘सुपर हिरो’ चलचित्रमा काम गर्ने पक्का भएको हो । निकै ठूलो बजेटमा तयार हुन लागेको उक्त चलचित्रबाट दीपिकाले राम्रै पारिश्रमिक लिएको बताइन्छ । दीपिका पद्मावतपछि विशाल भारद्वाजको चलचित्र ‘सपना दिदी’ मा काम गर्ने तयारीमा थिइन्, तर अभिनेता इरफान खानको स्वास्थ्यमा खराबी आएपछि उक्त चलचित्रको निर्माण रोकिएको थियो ।