साप्ताहिक संवाददाता
गर्मीयाममा मेरो निधारमा अत्यधिक पसिना आउँछ, जसले गर्दा धेरै पटक पानीले अनुहार पखाल्छु ।
ऋचा शर्मा, अभिनेत्री
मेरो नाक र निधारमा धेरै पसिना आउँछ, पसिना धेरै आएर रुमालले पुछिरहनु पर्दा कहिले त दिक्कै लाग्छ ।
अञ्जली अधिकारी, मोडल
काखीमुनि र पछाडि ढाडमा धेरै पसिना आउँछ, जसले गर्दा काखी गन्हाउने समस्या सिर्जना हुन्छ
भनेर फिटकिरीले काखी सफा गर्छु ।
इन्दु भण्डारी, मोडल
मेरो चिउँडोमा धेरै पसिना आउँछ ।
वर्षा शिवाकोटी, अभिनेत्री
धेरै गर्मी भयो भने निधार र कानको छेउबाट तपतप पसिना चुहिन्छ, जसले गर्दा रेगुलर नुहाउँछु ।
विराज भट्ट, अभिनेता
मेरो छातीमा अत्यधिक पसिना आउँछ ।
आनन्द राई, संगीतकार
निधार, पेट र खुट्टामा अत्यधिक पसिना आउँछ ।
जितु नेपाल, अभिनेता
नाकमा धेरै पसिना आउँछ ।
केकी अधिकारी, अभिनेत्री
मेरो शरीरमा खासै पसिना आउँदैन, तर सुटिङको समयमा ओठभन्दा माथिल्लो भागमा पसिना आएर तनाव हुन्छ ।
वर्षा राउत, अभिनेत्री
मेरो छाती र ढाडमा धेरै पसिनामा आउँछ ।
निखिल उप्रेति, अभिनेता
मेरो काखीमा धेरै पसिना आउँछ । काखीमुनि पसिना आउने कतिपय साथीको काखी धेरै गन्हाउँछ, तर मेरो चाहिँ जति पसिना आए पनि काखी गन्हाउँदैन ।
दीपेन्द्र के खनाल, निर्देशक
टाउको र ढाडमा धेरै पसिना आउँछ, त्यसैले धेरैजसो पंखाअगाडि बस्छु ।
उमेश खड्का, कलाकार
निधार र नाकमा धेरै पसिना आउँछ ।
एलिना खड्का, मोडल
म ढाड र काखीमा पसिना आएर हैरान हुन्छ ।
कुमार कट्टेल, हास्यकलाकार
पसिना त शरीरको सबै भागमा आउँछ, तर निधारमा आएको पसिनाले चाहिँ हैरानै बनाउँछ ।
टंक बुढाथोकी, गायक तथा संगीतकार
काखी मुनी र नाकमा धेरै पसिना आउँछ ।
दीपकराज गिरी, अभिनेता
गर्मीयाममा काखीमुनी र छातीमा अत्यधिक पसिना आएर हैरान बनाउँछ ।
हेमन्त शर्मा, गायक
मेरो निधार र नाकमा पसिना आएर दिक्कै लगाउँछ ।
मेलिना राई, गायिका
गर्मी याममा गर्धनमा धेरै पसिना आउँछ ।
नवीन के भट्टराई, गायक
काखी र निधारमा एकदमै धेरै पसिना आउँछ ।
आशिफ शाह, निर्देशक
गर्धन र ढाडबाट अत्यधिक पसिना आउँछ यदि समयमै नुहाउन पाइएन भने शरीर गन्हाएर दिक्क लाग्छ ।
शिवहरि पौडेल, हास्यकलाकार
गर्मी धेरै भयो भने मेरो नाकबाट पसिना चुहिन थाल्छ ।
एलिसा राई, मोडल
गर्मीयाममा त स्वभाविक रूपमा शरीरको सबै भागमा पसिना आउँछ तर पनि विशेष गरी पैतालामा धेरै पसिना आएर मोजा गन्हाउने समस्याले जहाँ जाँदा पनि झोलामा अर्को जोर मोझा बोकेर हिड्छु ।
धिताल चिरिच्याँट्ट, हास्यकलाकार
टाउको र ढाडमा धेरै पसिना आउँछ, अनि शरीर चिलाउन थाल्छ । त्यसैले पसिना आउने बित्तिकै नुहाइहाल्छु ।
सबिन श्रेष्ठ, अभिनेता
मेरो शरीरमा खासै पसिना आउँदैन तर कहिलेकाहीँ नाकमा आउँछ ।
रक्षा श्रेष्ठ, हास्यकलाकार
मेरो नाकको टुप्पोमा अत्यधिक पसिना आउँछ ।
अर्जुन घिमिरे, हास्यकलाकार
शरीरमा पसिना आउनु त धेरै राम्रो हो, तर सुटिङको समयमा अनुहारमा पसिना आएर हैरान बनाउँछ ।
सौगात मल्ल, अभिनेता