जेष्ठ २४, २०७५
अभिनेता शाहरूख खानको चलचित्र जिरो निर्माण सुरु भएदेखि नै चर्चामा छ । शाहरूख खान, अनुष्का शर्मा, कटरिना कैफ, अभय देओल आदि कलाकार यो चलचित्रसँग जोडिएका छन् । सात महिनापछि प्रदर्शनमा आउने यो चलचित्रमा एउटी सुन्दर अनुहार देखिने पक्का भएको छ ।
हालसम्म सार्वजनिक नगरिएकी ती युवती हुन्— २०१५ मा सम्पन्न मिस युनाइटेड सौन्दर्य प्रतियोगिताकी थर्ड रनर्सअप श्रेया मिश्रा ।
बुझिएअनुसार श्रेयाले राम्रै पारिश्रमिक बुझ्दै यो चलचित्र साइन गरेकी हुन् । उनलाई आकर्षक पारिश्रमिक दिएर अभिनय गराउन खोज्ने निर्माताहरू धेरै थिए, तर श्रेयाले आफ्नो डेब्यु चलचित्रमा मनपर्ने अभिनेतासँग काम गर्न चाहेकाले अहिलेसम्म कुनै पनि चलचित्र साइन गरेकी थिइनन् ।