जेष्ठ २६, २०७५
विश्वकै सर्वाधिक बलियो व्यक्तिको उपाधि पाएका थोर जोरान्सनले सामाजिक सञ्जालमा प्रेमिकासहितको तस्बिर अपलोड गर्नेबित्तिकै शब्दको आक्रमण सुरु भैहाल्छ । यो कुराले निकै क्रोधित थोर भन्छन्–मानिसहरू मेरो अगाडि मेरो विरोध गर्न सक्दैनन्, लुकेर यसरी ममाथि प्रहार गर्छन् । गेम अफ थ्रोनमा ग्रेगोर क्लेगेनको भूमिकामा अभिनय गरेका थोर ६ फिट ९ इन्च अग्ला छन् ।
उनकी प्रेमिका उनको भीमकाय शरीरका अगाडि निकै फुच्ची देखिन्छिन् । हालै थोरले प्रेमिका केल्से हेन्डसनको तस्बिर अपलोड गर्दा ट्विटरमा निकै खप्कि खानुपर्यो । कतिपयले तिमिहरू कसरी चुम्बन गर्छौ भनेर मजाक गरे भने कसैले शरीरको वनावटको विषयलाई लिएर खिल्ली उडाए । सामाजिक सञ्जालमा आएका यस्ता मजाकका सम्बन्धमा केल्से भन्छिन्– चुम्बन गर्दा थोर निहुरिन्छन् भने म खुट्टा उचालेर हल्का तन्किन्छु ।