साप्ताहिक संवाददाता
द क्रिएसन इन्स्टिच्यूट अफ फेसन डिजाइनले अन्नपूर्ण होटलमा ‘फेसन नोभा २०१८ : सिजन ७’ शीर्षकको फेसन शो आयोजना गरेको छ । फेसन डिजाइन क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिक रुपमा विकास गर्नका लागि द क्रिएसनले यो फेसन शो आयोजना गरेको संस्थाकी अध्यक्ष मनिता थापाले बताइन् ।
फेसन शोमा डिजाइनरहरु निश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योती अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जुमना नेपाली, निर्मादा स्याङतान तथा सजिना विष्टले तयार पारेका पहिरनहरु प्रदर्शन गरियो ।
डिजाइनरहरुले फेसन शोका लागि विभिन्न सात वटा थिममा विशेष डिजाइन तयार पारेका थिए । जस अन्तर्गत ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्टिष्टिक, ब्राइडल तथा कक्टेल वेयर सिक्वेन्समा विभिन्न पहिरनहरु प्रदर्शन गरिएका हुन् ।
फेसन शोमा मोडल तथा अभिनेत्री रेनुका सिंह ठकुरी, रक्षा श्रेष्ठ, निलम चन्द, अभिनेता पृथ्वीराज प्रसाईं, मोडल दीपक घिमिरे तथा बाल कलाकार कुशाग्र भट्टराईले सिक्वेन्स स्टपर्सको रुपमा क्याटवाक गरेका थिए । उनीहरुलाई डेढ दर्जन व्यवसायिक मोडलहरुले क्याटवाकमा साथ दिएका थिए । फेसन शोमा पहिलो मिस नेपाल रुवी राणा शाह शो–स्टपर्सको रुपमा प्रस्तुत भएकी थिइन् । मोडल तथा कोरियोग्राफर विपना थापाको कोरियोग्राफीमा उक्त फेसन शो सम्पन्न भएको हो ।
फेसन शोको क्रममा हाँस्य अभिनेता तथा जादुगर महादेव त्रिपाठी, गायिका श्रृजना गुरुङ, गायक ध्रुव विश्कोले गीत–संगीत प्रस्तुत गरेका थिए भने कलाकार अभिषेश श्रेष्ठले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।