साप्ताहिक संवाददाता
जेष्ठ २८, २०७५
गायिका माण्डवी त्रिपाठीले फरक शैलीको गीत लिएर दर्शक र श्रोतामाझ आएकी छन् । त्रिपाठीले गाएको ‘जब फूलमा’ बोलको क्लासिकल गीत हालै सार्वजनिक गरिएको छ । यो गीतको शब्द र संगीत विपिन आचार्यको रहेको छ ।
नयाँ शैलीको यो गीत श्रोतालाई नौलो लाग्ने माण्डवीले बताईन् । गीतको म्यूजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की र अनन्त लामिछानेले अभिनय गरेका छन् । शिवराम श्रेष्ठको छायांकन रहेको यो गीतको म्यूजिक भिडियोको निर्देशन समन अधिकारीले गरेका छन् ।
म्यूजिक भिडियो हेर्नुहोस्ः